Dipendra-Nath-Sharmaकाठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले नेपाल क्रिकेट संघ ९क्यान० का पदाधिकारीले नै हालै नामिबियामा सम्पन्न आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा नेपाली टोलीको हारको कामना गरेको आरोप लगाएका छन् ।

′मलाई थाहा छ, क्यानकै केही पदाधिकारीले डिभिजन दुई क्रिकेटमा नेपाली टोलीको हारको कामना गरेका थिए। उनीहरू पारस एन्ड कम्पनीले कुनै पनि हालतमा सफलता हात नपारोस् भन्ने चाहेका थिए′, व्यवस्थापिका संसद्को विकास समितिले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा सचिव शर्माले भने, ′खेल र खेलाडीकै कुभलो चिताउने यस्ता पदाधिकारीबाट क्रिकेटको विकास कसरी सम्भव हुन्छ, तपाईं आफैं सोच्नुस्।′

क्रिकेट खेलको विकास तथा मुलपानीलगायतका स्थानमा निर्माण हुन लागेका क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने विषयमा सरोकारवाला निकायहरूसँगको उक्त छलफल कार्यक्रममा सचिव शर्माले नेपाली टोलीको हारको कामना गर्ने पदाधिकारीको नाम भने बताउन चाहेनन्। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु