Mal२७ माघ, काठमाडौ । नेपालमा रासायनिक मल कारखाना स्थापनाको सम्भाब्यता अध्ययन गर्न चार विदेशी कम्पनीले प्रस्ताव पेश गरेका छन् । दुई वर्षमा कारखाना स्थापना गर्नेगरी सरकारले मल कारखानाको सम्भावित अध्ययन प्रक्रियालाई अघि बढाएको हो ।

एक खर्ब रुपैयााको लागनीमा स्थापना हुने मल कारखाना कहाा स्थापना हुने उक्त मल कारखाना कहाा स्थापना हुने टुङ्गो भने सम्भावित अध्ययनपछि मात्रै थाहा हुने लागनी बोर्डले जनाएको अभियान दैनिकमा खबर छ ।

चार कम्पनीमध्ये एकलाई छनोट गरी चााडै नै प्रक्रिया अघि बाउन लागिएको बोर्डका प्रवक्ता घनश्याम ओझाले बताए । समयमा रासायनिक मल उत्पादन नहुादा वर्षेनि उत्पादन हुने समस्या समाधानका लागि लगानी बोर्डमार्फत यस्तो कारखाना स्थापना गर्न लागिएको हो । सम्भाब्यता अध्ययनपछि मल कारखाना सरकारले स्थापना गर्ने कि निजी क्षेत्रलाई दिने टुङ्गो लाग्ने कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए ।

कृषि विकास मन्त्रालयले कृषि क्षेत्रको दीर्घकालिन विकास एवम् उत्पादन वृद्धिका लागि रासायनिक मल कारखाना खोल्न प्रस्ताव अघि सारेको हो । मल कारखानाको वाषिर्क क्षमता पााच लाख मेटि्रक टन हुनेछ ।

सम्बन्धित खबरहरु