रोहतक । उपचार गर्न भारत पुगेकी नेपाली युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोमबार आठ अभियुक्तलाई पक्राउ गरेको छ ।
मानसिक समस्या भएकी ती युवतीलाई ढुंगाले टाउकोमा हानेर अचेत भएपछि सामुहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ । यो घटना प्रकाशमा आएपछि भारतभर उग्र रोष प्रकट भएको थियो ।
प्रहरी महानिर्देशक यसपाल सिंघलले पक्राउ परेका आठमध्ये एक नेपाली मुलका भएको बताएका छन् । सन्तोष नामका ती युवक सामुहिक बलात्कारका अर्का आरोपीको पसलमा काम गर्ने बताइएको छ ।
बाकी सातजना हरियाणाको रोहतक सहर नजिकको गाउका बीसदेखि ३० वर्षउमेर समुहका युवा भएको बताइएको छ । घटनामा संलग्नमध्ये एक अझै फरार छन् ।आजको कान्तिपुरमा समाचार छ ।