२७ माघ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अझै तीन महिना हस्तलिखित राहदानी प्रयोग गर्न दिने भएको छ ।Hasta likhit passportएक वर्षयता सरकारले हस्तलिखित राहदानी प्रयोग गर्न दिने म्याद थप्दै आएको छ । यसअघि नेपालले सन् २०१४ पछि अनिवार्यरुपमा विदेश जाने कामदारलाई मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग गर्नुपर्ने भनिएकोमा यो अवधि फेरि बढाइएको हो । अब अप्रिलपछि भने कुनै पनि हालतमा समय थप नगिरिने सम्बद्ध अधिकारीहरुले जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१५ नोभेम्बर २४ देखि अनिवार्य रुपमा एमआरपी लागू गर्ने तीन वर्षअघि निर्णय गरिसकेको छ । आगामी नोभेम्बरदेखि अनिवार्य गर्नुपर्ने भएकाले नेपालले त्यसभन्दा पहिलेदेखि नै एमआरपी कार्यान्वयनमा ल्याउन पहल गरेको हो । यसका लागि एक वर्षदेखि प्रयास गरे पनि अहिलेसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन् ।

करारपत्र तथा भिसा आइसकेका व्यक्तिलाई रोजगारीमा जान दिनबाट नरोक्न बारम्बार म्याद थप्नुपरेको सरकारको दाबी छ । म्यानपावर व्यवसायीले पनि विभिन्न बाहना देखाएर हस्तलिखित राहदानीमा जान दिन सरकारलाई दबाब दिने गरेका छन् ।

सम्बन्धित खबरहरु