OLYMPUS DIGITAL CAMERA२७ माघ, काठमाडौं । सम्बन्धित निकायको अनुमति नदिई आफूखुसी रासायनिक विषादी आयात गरेर किसानलाई बिक्री गर्ने विरुद्ध ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना र कैद गर्ने व्यवस्था हुने भएको छ ।

तरकारीलगायत अन्य बालीमा अनियन्त्रित रासायनिक विषादी प्रयोगबाट जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि त्यसलाई रोक्न आयातकर्ता, बिक्रेता र प्रयोगकर्तालाई कारबाहीको दायरा फराकिलो पार्न सरकारले यस्तो व्यवस्था गर्न लागेको अन्नपूर्ण पोस्टमा खबर छ ।

जीवनाशक विषादी ऐन, २०४८ लाई समयसापेक्ष संशोधन गरेर सरकारले यस्तो व्यवस्था गर्दैछ । कालीमाटीस्थित तरकारी बजारमा द्रुत विषादी अवशेष विश्लेषण एकाइ स्थापना गरेर बाहिरबाट भित्रिने तरकारीमा विषादी परिमाण परिक्षण गर्ने काम सरकारले सुरु गरे पनि नीतिगत रुपमा कडाइ गर्न ऐन संशोधन गर्न लागिएको हो ।

सम्बन्धित खबरहरु