Susil koiralaजनबोली/२७ माघ काठमाडौं । प्रम सुशील कोइरालाले सदन सम्हालेको आज एक वर्ष पुरा भएको छ । एक वर्षको अन्तरालमा संविधान निर्माणलाई प्रमुख एजेण्डा ठानेको कोइराला नेतृत्वको सरकार लक्ष्यमा पुग्न असफल हुँदा संविधान लगायत संवैधानिक अंगहरुले पनि पूर्णता पाएका छैनन् । व्यवस्थापिका संसदबाट निर्वाचित मुलुकको ३७ औं प्रधानमन्त्रीका रूपमा नेतृत्व गरेको कोइरालाको सरकारले खासै उल्लेख्य उपलब्धि हासिल गर्न नसक्दा कानुनमन्त्री नरहरी आचार्यले भने सरकार सफल भएको दावी गर्दै संसदको गतिरोध अन्त्य गर्न विपक्षीलाई पुनः वार्ताको लागि आह्वान गरेको बताएका छन् ।

संविधान निर्माण र शान्ति प्रक्रियालाई अघि टुंगोमा पुर्याउन नसक्दा मुलुकको राजनीतिक स्थायित्वका साथै दिगो विकासको मार्गमा दलहरुबीच असमाञ्जस्य धु्रवीकरण यथावत नै छ । जारी संविधानसभाको प्रश्नावली समितिको विषयमा गत माघ ५ गते संविधान सभामा एमाओवादी सहितको विपक्षीहरुको चर्को विरोधको शैलीमा तोडफोड हुलदंगा मच्चिँदा प्रस्ताव समितिले दलहरुलाई सहमत गराउन नसक्दा निरुन्तर ध्रुवीकरण बढ्दै गएको हो । एमाओवादी सहितको विपक्षी मोर्चाले नेपाल सरकार कांग्रेस–एमालेले एकलौटी ढंगले संसदको बैठक चलाएको भन्दै बैठकमा उपस्थिति जनाउन कुनै तुक नरहेको जनाउँदै पटक–पटक बसेको संविधानसभाको बैठक अवरुद्ध गराएका थिए ।

कांग्रेस, एमालेसहितका दलहरू समितिको पक्षमा र एमाओवादी नेतृत्वको मोर्चा विपक्षमा उभिँदा संविधान सभामा सकसमा परेको छ । जसले गर्दा संविधान निर्माणको प्रक्रियालाई थप अन्योलता सिर्जना गरेको छ । यद्यपि, प्रम कोइरालाले विपक्षी दललाई आइतबार वार्ताका लागि आह्वान गरेका छन् । संविधानसभाबाट एक वर्षभित्र नयाँ संविधान निर्माणका लागि सरकारले सकारात्मक प्रयास गरिरहेका कानुन मन्त्री आचार्यले जनएका छन् । प्रमको कार्यकाल सफल रहेको टिप्पणी गर्दै मन्त्री आचार्यले अब छिट्टै नै विपक्षीहरुलाई सहमत गराएर संविधानलाई निष्कर्षमा लाने बताए ।

सम्बन्धित खबरहरु