मेगालाई खुद नाफा बढाउन अझै मुस्किल, निक्षेप र कर्जा बिस्तार भने संतोषजनक

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २७ माघ, २०७१

मेगा बैंकलाईै यस आर्थिक बर्षको दोस्रो त्रैमासमा पनि खुद नाफा बढाउन मुस्किल परेको देखिएको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिक बित्तीय बिबMega Bankरणमा गत बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा खुद नाफा पाँच प्रतिशतले घटेको देखाईएको छ । बैंकको निक्षेप र कर्जा विस्तार संतोषजनक भए पनि बिदेशी मुद्राको कारोबार आम्दानी र संचालन नाफा घटेको कारण खुद नाफा घटेको छ ।

बैंकको प्रोभिजन गत बर्ष भन्दा १५८ प्रतिशतले बढेको छ भने कर्मचारी र संचालन खर्च पनि केही केही उक्लेको छ ।

बैंकको जगेडा कोष २८ करोड मात्र छ । बैंकको प्रति शेयर आम्दानी १२.१७ रुपैयाँ पुगेको छ । सवल बैंकको रुपमा अगाडि आउँन मेगाले हाल पश्चिमाञ्चल बिकास बैंकसँग मर्ज प्रक्रिया अगाडि बढाएकाले शेयर कारोबार रोक्का छ ।

 

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७