२७ माघ, नयाँदिल्ली । दिल्लीमा आम आदमी पार्टीका अरविन्द केजरीवाल मुख्यमन्त्री बन्ने संकेत देखिएको छ ।
विधानसभाको ७० सिटका लागि भएको निर्वाचनको जारी मतगणनामा आप निकै अगाडि देखिएको छ ।
भारतीय टीभी आजतकका अनुसार जारी मतगणनामा आप ६३ सिटमा अगाडि छ । आपका नेता कार्यकर्ताले खुसी मनाउन थालेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी मात्र ६ सिटमा अगाडि छ । कांग्रेस भने एक सिटमा पनि अगाडि छैन ।
मतगणना जारी रहँदा भारतीय प्रधानमन्त्री मोदीले हार स्वीकार गरेका छन् । आजतकका अनुसारका अनुसार मोदीले केजरीवाललार्इ बधाइ दिएका छन् ।
दिल्ली विधानसभामा भएको भाजपाले ब्यहोरेको हारलाई मोदीको घट्दो लोकप्रियताका रुपमा हेरिएको छ । मोदी प्रधानमन्त्री बनेपछि भापजाले ब्यहोरेको यो ठूलो झड्का हो ।
सामाजिक कार्यकर्ता अन्ना हजारले दिल्ली चुनाव मोदीको हार भएको प्रतिक्रिया दिएका छन् ।
एग्जिट पोलमा पनि आम आदमी पार्टीले बहुमत पाउने देखाएको थियो ।
पछिल्लो विधानसभामा २८ सिट जितेको आपका संयोजक संयोजक ४९ दिनसम्म मुख्यमन्त्री बने । अघिल्लो चुनावमा ३२ सिट जितेको भाजपाले यो पटक किरण बेदीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ ।