नेतालाई उपचार गर्न सरकारी खर्च, गरिबले सित्तैमा सिटामोल नि पाएनन्

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २८ माघ, २०७१

जनबोली/ काठमाडौं । दमनराज तुलाधरले आफ्नो आत्मवृतान्त पुस्तकमा, तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरका ढोके बुबालाई कुष्ठरोग लाग्दा भारतमा उपचार गर्न वि.सं. १९९६ सालमा ५ हजार रुपियाँ खर्च पाएको उल्लेख गरेका छन् । राणा शासनको प्रलय सँगै, प्रजातन्त्र, पञ्चायत, बहुदल, गणतन्त्रमा मुलुक पुगिसक्दा पात्र मात्र परिवर्तन भए तर प्रवृतिमा परिवर्तन नआएको टिप्पणी गरेका छन् । उच्चस्तरीय पहुँच हुनेले राज्यकोषबाट उपचार खर्च पाइरहेको छन् जुटाईरहेका छन् । पहुँच नहुनाले जनता सामान्य झाडापखालाबाट मर्नुपर्ने दयनीय अवस्था नेपाली समाजमा चलिआएको यथावत् नै छ ।

प्रम सुशील कोइरालाले १ करोड ४३ लाख, केपी ओलीले १ करोड २६ लाख ३५ हजार, झलनाथ खनालले ७७ लाख, चक्र बास्तोलाले ५० लाख, नारायणकाजी श्रेष्ठले ३८ लाख, गोविन्दराज जोशीले २७ लाख ८० हजार उपचार खर्च लिएर देशको ढुकुटी सखाप पारेका कु्रा प्रष्टै छ । यता झलनाथ खनालको अमेरिकामा उपचार गर्दा भएको ७७ लाख रुपैयाँ खर्च भने शोधभर्ना प्रक्रियामा जारी रहेको उल्लेख छ ।

सम्बन्धित खबरहरु