काठमाडौं । सशस्त्र प्रहरी बलका अधिकारीहरुले अब रासनबापत बिहान र दिउँसोको खाजा पनि पाउने भएका छन् ।
यसअघि बिहान बेलुका दुई छाक खानाको मात्रै व्यवस्था थियो । माघदेखि नयाँ रासन प्रणाली लागु गर्दै सशस्त्रले दुईछाक खानासंगै दुई पटक खाजाको पनि व्यवस्था गरेको हो ।
सशस्त्र प्रहरी प्रवक्ता डिआईजी पुष्पराम केसीले हरेक इकाईमा बिहान तथा दिउँसोको खाजासहित क्यालोरीयुक्त उत्कृष्ट खानाको व्यवस्था गरिएको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।