japani girlsटोकियो । जापानमा हालै गरिएको एक नयाँ सर्वेक्षणमा उच्च माध्यमिक तहमा अध्ययन गर्ने युवतीहरुले एक दिनमा ७ घण्टासम्म मोबाईल प्रयोग गर्ने गरेको पाइएको छ ।

ती युवती मध्ये करिब १० प्रतिशतले त दिनमा १० घण्टासम्म पनि मोबाईल चलाउने गरेको सो सर्वेक्षणले देखाएको छ ।

प्रायः २० वर्षभन्दा कम उमेरका ती युवतीले भन्दा युवकहरुले कमैमात्र समय खर्चिने गरेका छन् । उनीहरुले भने दिनमा चार घण्टामात्र मोबाईल चलाउने गरेका छन् ।

सूचना सुरक्षा नामक एक व्यवसायिक संस्थाले गरेको सर्वेक्षणमा पाइएको सो अवस्थाबारेको तथ्य सोमबार सार्वजनिक गरिएको हो ।

ती युवायुवतीले सामाजिक सञ्जालमा आफ्नो मोबाईल फोनको बढी मात्रामा प्रयोग गर्ने गरेको पनि बताइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु