बाबुआमाले नै ल्याइदिन्छन् ड्रग

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २८ माघ, २०७१

म्याग्दी । लागुऔषध प्रयोगकर्ता किशोरकिशोरीको संख्या सदरमुकाममा बढेको छ । सिरिन्ज प्रयोग र ब्राउन सुगरदेखि सामान्य दुखाई कम गर्ने औषधिलाई समेत लागु औषधका रुपमा प्रयोग गर्ने स्कुले विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । आफू विरामी भएको बहानामा बाबुआमालाई लागु पदार्थको रुपमा प्रयोग गरिने औषधि किन्न पसलमा पठाउने र खरिद गर्ने गरेको तथ्य भेटिएको छ प्रहरी नायब उपरीक्षक हीरा गिरीले भने, ‘निरक्षर बाजेबज्यै वा बाबुआमा अज्ञानतावश छोराछोरीको हातमा लागु पदार्थ राखिदिन्छन् ।

प्रहरीका अनुसार स्कुले केटाकेटीले लागु पदार्थका रुपमा लिने औषधि किन्न वृद्धवृद्धा तथा अनपढ बाबुआमाले पठाउँछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७