काठमाडौं । उपत्यकाका तीन जिल्लामा यस वर्ष ३९ विद्यालय बन्द भएका छन् । भक्तपुरमा ३६, काठमाडौंमा दुई र ललितपुरमा एक विद्यालय बन्द भएका हुन् ।
भक्तपुरमा २८ निजी विद्यालय खारेजीमा परेका हुन् भने आठवटा सामुदायिक विद्यालय बन्द भएका हुन् । काठमाडौं र ललितपुरमा बन्द भएका विद्यालय पनि सामुदायिक नै हुन् ।
सामुदायिक विद्यालय विद्यार्थी नभएपछि बन्द भएका हुन् भने सञ्चालनका लागि लिएकोे प्रमाणपत्रको व्यापार गरेको पाइएपछि निजी विद्यालय खारेजीमा परेका हुन् ।
केही सामुदायिक विद्यालय पनि खारेजीको प्रक्रियामा रहेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।