विश्वकप क्रिकेटका सर्वकालीन महान् खेलाडीहरुको सूची सार्वजनिक

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २८ माघ, २०७१

काठमाडौं । विश्वकप क्रिकेट सुरु हुन केहीदिन मात्र बाँकीरहेका बेला विश्वकप क्रिकेटका सर्वकालीन महान् खेलाडीहरुको सूची सार्वजनिक गरिएको छ ।

बीबीसीले आफ्नो अनलाईन भोटिङको आधारमा सार्वजिनक गरेको उत्कृष्ट ११ खेलाडीहरुमा अष्ट्रेलियाका ४ खेलाडी परेका छन भने वेष्ट इंडीजका तीन, दक्षिण अफ्रिकाका दुई तथा पाकिस्तान र भारतका एक एक जना खेलाडी रहेका छन् ।

एघार खेलाडीहरुमध्ये ओपनिङ ब्याट्सम्यानमा वेष्ट इण्डिजका क्रिश गेल र भारतका सचिन तेन्दुल्कर रहेका छन् भने मध्यक्रमका ब्याट्सम्यानहरुमा दक्षिण अफ्रिकाका एबी डे भिल्लर्स, वेष्ट इण्डिजका ब्रायन लारा र भिभियन रिचाड्र्स रहेका छन् ।

यसैगरी अलराउण्डरमा दक्षिण अफ्रिकाका ज्याक कालिस परेका छन् ।

विकेट किपरमा अष्ट्रेलियाका एडम गिलक्रिस्ट, तिब्र गतिका बलरहरुमा ब्रेट ली, ग्लेन म्याक्ग्राथ र पाकिस्तानका वसिम अक्रम परेका छन् भने स्पीनरमा भने अष्ट्रेलियाकै शेन वार्न चुनिएका छन् ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७