Sushil Koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले अर्बौको विकास बजेट सदुपयोग हुन नसकेको बताएका छन् ।

उनले देशमा अहिले पनि शान्ति, लोकतन्त्र र सुशासन कायम हुन नसकेको भन्दै उनले देशमा भ्रष्टाचारकै कारण देश विकासमा असर परेको बताए ।

२४ औं अख्तियार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले कोइरालाले आफूले भ्रष्टाचार नियन्त्रणको कुरा गरेपनि एक्लैको प्रयासले केही पनि हुन नसकेको उल्लेख गरे ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालले गरेको सर्वेक्षणमा पनि नेपालमा भ्रष्टाचार बढेको देखिएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रयत्नको आवश्वयकता औल्याए ।

कोइरालाले एकजना पनि भ्रष्टचारीलाई नछोड्न र निर्दोषलाई कारबाही नगर्न अख्तियारलाई आग्रह गरे । अख्तियारले ठूला भ्रष्टाचारीलाई छाडेर सानालाई कारबाही गरेको गुनासाहरु आएको भन्दै उनले अख्तियारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री कोइरालाले भ्रष्टाचारकै कारण उदाएको पार्टी आम आद्मीले दिल्लीमा जितेको र भारतीय जनता पार्टीले हारेको उल्लेख गरे ।

सम्बन्धित खबरहरु