index
जनबोली २८ माघ, काठमाडौं । अख्तियारले निर्दोष व्यक्तिलाई दुख दिनुहुँदैन भन्नेमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधिस लगायतका देशक उच्च पदस्थ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । बुधबार २४ औं अख्तियार दिवसका अवसरमा राजधानीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको विशेष कार्यक्रममा यस्तो धारणा राखेका हुन् । कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री दुबैले एउटै विषयमा चिन्ता प्रकट गरे, अख्तियारले निर्दोष व्यक्तिलाई दुख दिनुहुँदैन ।
व्यक्तिको मौलिक हक र मानवअधिकारको समेत ख्याल गर्दै संवैधानिक अधिकारको प्रयोग गर्नुपर्ने राष्ट्रपति यादवले अख्तियारसँग आग्रह गरे ।
राष्ट्रपति डा. यादवले अख्तियार दिवसका अवसरमा अख्तियारका पदाधिकारीकै सामुन्नेमा भने– ‘अख्तियारले मुद्दाको संख्या बढाउने भन्दा पनि अदालतबाट प्राप्त सफलतालाई सफलता ठान्नुपर्छ ।’

मुद्दा चलाउँदा अदालतले जस्तै नगर्न र निश्पक्ष अनुसन्धानलाई पूर्वशर्तका रुपमा लिन राष्ट्रपतिले अख्तियारलाई सुझाव दिए । ‘भ्रष्टाचार नियन्त्रण जति आवश्यक छ, व्यक्तिको सम्मान र अधिकारलाई पनि ख्याल गर्न आवश्यक छ,’ राष्ट्रपति यादवले भने, ‘सय अपराधी छुटुन् तर एक निरपराध व्यक्ति नफसोस् भन्नेमा अख्तियारको ध्यान जान सकोस् ।’

राष्ट्रपति डा. यादवले अरु अपराधभन्दा स्वेतपोष अपराध ठूलो भएको बताउँदै नीतिगत भ्रष्टाचारलाई कारवाही गर्न नसकेको आफूले सुनेको बताए । ‘कानूनभन्दा माथि कोही हुँदैन, प्रधानमन्त्री, प्रधानन्यायाधीश र क्याबिनेटमा यही हुनुहुन्छ,’ राष्ट्रपतिले भने, ‘सुशासनतर्फ सरकार र मातहतका निकायले ध्यान दिनुपर्छ ।

राष्ट्रपतिभन्दा अघि शुभकामना मन्तव्य दिने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले पनि एकजना पनि निरपराध व्यक्ति कारवाहीको भागिदार नहोस् भन्ने अभिव्यक्ति दिएका थिए ।

सम्बन्धित खबरहरु