आधारना गर्दै आफ्नो पीडालाई बताएको सुनेर भगवान् श्रीविष्णुले भन्नुभयो, ‘तिमी निर्धक्क र निर्भय भएर आफ्नो स्थानमा जाऊ, म तिम्रा सबै दुःख, कष्टलाई तुरुन्तै निवारण गरी दिनेछु ।’ तिम्रो संकट चाँडै हट्नेछ ।

nisa-khanal-aryalनिशा खनाल अर्याल
सत्य युगको कुरा हो पृथ्वीमा वलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रव्यले सधैँ भरिपूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउँदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गका राजा इन्द्रको आसन नै डगमगायो ।

एक दिन महाराज युधिष्ठिरले भगवान् श्रीकृष्णसँग नम्रतापूर्वक सोध्नुभयो, ‘हे ईश्वर ! हे नाथ मलाई हजुरले कृपा गरेर कुनै यस्तो व्रत वा यज्ञ होम बताउनु होस्, जसलाई मैले गरेर आफ्नो सखाप भएको राज्यलाई पुनः प्राप्त गर्न सकूँ । यो राज्यलाई गुमाउनु पर्दाको दुःखले पलपल तड्पिरहेकोछु,अत्यन्तै दुःखी छु ।

[quote bcolor=”#1e73be” align=”right”]यस्तो भगवान्को आज्ञा पाएपछि इन्द्र त्यहाँबाट हिँडेपछि श्रीविष्णु भगवान्ले आप्mनो रूप एउटा सुन्दर ब्राह्मणको रूप धारण गरी वटुकबेशमा राजा वलिले यज्ञ गरिरहेको ठाउँमा जानु भई भीख माग्नुभयो सुन्दर बालक रूप मोहित रूपमा आएका भिक्षुलाई देखेर राजा वलिले भिक्षा दिन खोज्दा नलिएको देखेर आधा राज्यसम्म दिँदा पनि नलिएपछि जे मागे पनि दिने आफूले दिने तर यस्तो पवित्र कार्यमा हात खाली नजानुस् भनेको उनको उदार भावना देखेर ब्राह्मण रूप विष्णुले वचनबद्ध गराई भगवान्ले यज्ञ गरिरहेको ठाउँभित्रको आप्mनो तीन पाइला जमिन माग्नुभयो ।[/quote]
भगवान् श्रीकृष्णजीले भन्नुभयो, ‘हे युधिष्ठिर मेरो अति नै परमभक्त दैत्यराज वलिले सय अश्वमेघ यज्ञ गर्ने संकल्प गरेबापत निनानबब्बे ९९ यज्ञ उसले निर्विध्न रूपले पूरा गरे तर सयौं यज्ञलाई पूर्ण गर्ना साथ उसको आफ्नो राज्यमा निर्वासित हुने डर र भयले सताउन लाग्यो ।
त्यसपछि देवतालाई साथ लिएर इन्द्र क्षिरसागरमा निवास गरी राख्नुभएको भगवान् श्रीविष्णुनिर पुगेर वेदका मन्त्र उचारण गर्दै स्तुति गर्दै आफ्नो सम्पूर्ण कष्टहरू पनि भगवान् विष्णुको अगाडि पोखे । यसरी आधारना गर्दै आफ्नो पीडालाई बताएको सुनेर भगवान् श्रीविष्णुले भन्नुभयो, ‘तिमी निर्धक्क र निर्भय भएर आफ्नो स्थानमा जाऊ, म तिम्रा सबै दुःख, कष्टलाई तुरुन्तै निवारण गरी दिनेछु ।’ तिम्रो संकट चाँडै हट्नेछ ।
यस्तो भगवान्को आज्ञा पाएपछि इन्द्र त्यहाँबाट हिँडेपछि श्रीविष्णु भगवान्ले आफ्नो रूप एउटा सुन्दर ब्राह्मणको रूप धारण गरी वटुकबेशमा राजा वलिले यज्ञ गरिरहेको ठाउँमा जानु भई भीख माग्नुभयो सुन्दर बालक रूप मोहित रूपमा आएका भिक्षुलाई देखेर राजा वलिले भिक्षा दिन खोज्दा नलिएको देखेर आधा राज्यसम्म दिँदा पनि नलिएपछि जे मागे पनि दिने आफूले दिने तर यस्तो पवित्र कार्यमा हात खाली नजानुस् भनेको उनको उदार भावना देखेर ब्राह्मण रूप विष्णुले वचनबद्ध गराई भगवान्ले यज्ञ गरिरहेको ठाउँ भित्रको आफ्नो तीन पाइला जमिन माग्नुभयो ।
यसरी जे मागे पनि दिने दानशील वलि राजाले वचन हार्न नसकी लौ पाइला राख्नुस् भनेरभन्दा श्रीविष्णु भगवान्ले आफ्नो विराट रूप धारणा गरी एक पाइला जमिनमा राख्दै सम्पूर्ण पृथिवीलाई ओगटिए र दोस्रो पाइला राख्दा सपूर्ण अंतरिक्ष (आकाश ) ओगटिए अब तेस्रो पाउ कहाँ राखूँ भनेर सोध्नुभयो त्यसरी छल गरी ब्राह्मण रूपमा श्रीविष्णुको दर्शन पाएका वलिले आफ्नो शिरमाथि राख्न आज्ञा गरे त्यसरी राजा वलिको उदारता र दानशीलता मनदेखि प्रशन्न भएर उनको शिरमाथि पाउ राख्न साथ उनी पातालमुनि गएँ ।
त्यस्ता सबैको प्यारा र दयालु दानशील राजा वलिदेखि खुसी भएर भगवान् श्रीविष्णुले तिम्रो इच्छा भएको वर माग भनेको वचन सुनेपछि राजा वलिले वर्षमा एक पल्ट पृथिवीको भ्रमण गर्न कात्तिक कृष्णपक्षको त्रयोदसीदेखि आमावस्या अर्थात् तीन दिन दीपावलीसम्म यो पृथ्वीमा मैले राज गर्न पाऊँ र यो तीन दिनसम्म सम्पूर्ण मानवले दान, यज्ञ, धूप, दीप गर्दै श्रीलक्ष्मी माताको पूजा आरधना गरून् र यसरी पूजाआरधना गर्नेको घरमा लक्ष्मीको बास होस् भनेर भगवान् श्रीविष्णुसँग मागेपश्चात् तथास्तु भनेर राजा वलिलाई भगवान् श्रीविष्णुले पातालको राजा बनाएर पठाएपश्चात् त्यही समयदेखि संसारभरि समयअनुकूल आफ्नो रीतिअनुसार विश्वभरि नै यो पर्व मनाए तापनि हाम्रो हिन्दू संस्कारमा भने वर्षमा आउने कात्तिक कृष्णपकक्षको आमावास्यासम्म अर्थात् लक्ष्मी पूजासम्म सम्पूर्ण देशका नागरिकले पञ्चक लागेदेखि नै सबैको घर दैलोमा झिलीमिली गरी बत्ती बालेर लक्ष्मीको पूजा आरधना गर्दै भैलो र देउसी खेल्दै यो पर्वलाई सद्भाव र श्राद्धको साथ मनाउँदै वलि राजाको नाम उचारण गरी भन्ने गर्छन् ।
आहै भन मेरा भाइ हो देउसी रे आहै राम्ररी भन् देउसी रे …
आहै हामी त्यसै आएनौ देउसी रे…
आहै वलिराजाले पठाए देउसी रे . ..
यस्तै यस्तै ‘गरी,नारी जातिले पनि भैली खेल्दै भन्ने गर्छन्, ‘हरियो गोबर लिपेको, लक्ष्मी
पूजा गरेको,
आहै औंसीको बारो, गाई तिहरो भैलो,
आहै लक्ष्मीले आहै अन्न र धन, आहै घरै
भरि पारून्,
आहै गणेशजी, आहै दुःख र विध्न, आहै सबै
सबै टारून् ..
यस्तै यस्तै आशिष दिने र शुभकामना दिँदै बुढापाखाको आशिष लिने गर्छन् । हर्षले जयजयकार गर्दै खुसी भएर चाड मनाउँदै वलि राजाको गुण गाउँदै हातमा हात मिलाउँदै नाचगान गर्दै भैली, देउसी खेल्दै घरघरमा आशिष दिन र आफूभन्दा ठूलाको आशिष थाप्ने चलन आज पनिरहेको छ ।
त्यस्तै गाई माताले मृत्यु भएपछि नदीमा तर्न नसक्दाको कठिन अवस्थामा उनको पुच्छर पकडेर नदी तरिन्छ भन्ने उद्देश्यले पनि राखी बन्धनको दिन बढेको काँचो धागोलाई आजको दिन गाई माताको पुच्छरमा बढ्ने र आफ्नो निशानी राख्ने चलन अहिलेसम्म पनि जीवितै रहेको छ भने राम राजाले चौध वर्षको बनवास सकेर अयोध्या फर्कंदाको खुसीमा पनि सम्पूर्ण अयोध्यावासीले घरआँगन बाहिरभित्र झिलिमिली पारेका र जय जयकारको गुन्जायमान गरेका हुनाले यो खुसी मनाउँदै आएको भन्ने भनाइ धर्म ग्रन्थमा पढ्न पाइन्छ ।

सम्बन्धित खबरहरु