Baburamकञ्चनपुर । एकीकृत नेकपा माओवादीका नेता डा.बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ जंगबहादुर बन्न खोजेको टिप्पणी गरेका छन् ।

क्रान्तिकारी पत्रकार संघले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पक्रकार सम्मेलनमा भट्टराईले सत्ता पक्षीय दलहरुले अहिलेको व्यवहारलाई कायम राखे देशमा दुर्घटना निम्तने चेतावनी दिए ।

भट्टराईले जंगबहादुर बन्ने सपना देखेर देशलाई दुर्घटनातर्फ धकेल्ने षढ्यन्त्र भइरहेको भन्दै उनले यसविरुद्ध नागरिक समाज र सरोकारवालहरुलाई आग्रह गरे ।

उनले संविधानसभामा सुरु भएको मतदानको प्रक्रिया नरोके मुलुक दुर्घटनामा जाने भन्दै बाह्रबुदे सहमतियताका सहयात्री दलहरुबीच सहमति गरेर अघि बढ्नुपर्ने उल्लेख गरे ।

सम्बन्धित खबरहरु