७० हजारमा युवती किनेर सधैं सेक्स !

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २९ माघ, २०७१

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘बेटी बचाउँ’ नारा बुलन्द बनाएका थिए । तर उनकै हरियाणामा एक यस्तो घटना सार्वजनिक भएको छ की जो सुनेर तपाईलाई पनि अचम्म लाग्न सक्छ । पीडित युवतीले आफूलाई ७० हजार रुपैयामा किनेर हरियाणाको कैथल लगेर बलात्कार गरेको बताएकी छन् । युवतीले प्रहरीमा फोन गरेर रामकहानीबारे जानकारी गराएपछि उक्त घटना सार्वजनिक भएको हो । उनलाई मिरा नामकी एक युवतीले विवाहका लागि भन्दै पार्कमा लगेर केटा देखाइन् । केटा हेरेर उनले सहमति जनाईन् । उनलाई ती व्यक्तिले हरियाणमा लगेर एक घरमा छोडे । त्यसपछि उनलाई एक कुटीमा लगेर जबरजस्त विवाह गराईयो । जबकी दिल्लीमा उनलाई अर्कै केटा देखाइएको थियो । युवकले उनलाई त्यही घरमा बन्दक बनाएर बलात्कार गरेका थिए । सोधपुछका क्रममा उनलाई ७० हजारमा किनेको खुलासा भएको थियो ।

सम्बन्धित खबरहरु