२९ माघ, काठमाडौं । लागूऔषध कारोबारको आरोपमा करिब डेढ महिनादेखि थाइल्यान्ड उदुङखानीमा जेलजीवन विताएरहेका पूर्वयुवराज पारसलाई भेट गर्ने योजनाका साथ पूर्वयुवराज्ञी हिमानी बिहीबार थाइल्यान्ड जाने भएकी छन् ।

जेलमा बस्दा परिवारको साथ नपाएकोमा पारस स्वयंले दुःख व्यक्त गरेपछि उनी थाइल्यान्ड जान लागेको नेपाल समाचारपत्रमा खबर छ ।

पारसलाई सहयोग गर्न धीरेन्द्र पुत्री दिलासा थाइल्यान्डमै रहे पनि आर्थिक अभाव र मुद्दा  फैसलाका लागि रकम व्यवस्था गर्ने गरी पारस पत्नी हिमानी थाइल्यान्ड जान लागेको उच्च स्रोतले बताएको छ । हिमानी आज दिउँसो एक बजे थाई एयरलाइन्सबाट थाइल्यान जान लागेकी हुन् ।

थाइल्यान्डमा करिब ८ सय किलोमिटर टाढा लावसमा जेलमा रहेका पारसले केही नेपाली भेट गर्न जाँदा आफूलाई परिवारका मान्छे भेट गर्न नआएको गुनासो पोखेपछि नेपाली आफन्तको आग्रहअनुसार पारस पत्नी हिमानी जान लागेको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित खबरहरु