‘डन’ मनांङेलाई मन पर्‍यो छोराको काम

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २९ माघ, २०७१

काठमाडौं । डनका रुपमा परिचित दीपक मनाङ (राजिव गुरुङ) फिल्म निर्माताका रुपमा समेत प्रस्तुत भएका छन् । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईसँग मिलेर उनले निर्माण गरेको फिल्म वान वेको बुधबार राजधानीमा प्रिमियर गरियो । शुक्रबार अर्थात १ फागुनबाट देशप्यापी रुपमा प्रदर्शनमा आउन लागेको वान वे हेर्न नवनिर्माता मनाङ सिटिसी महल, सुन्धारा पुगेका थिए । सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्ममा दीपकका छोरा सिद्धार्थ गुरुङ हिरोका रुपमा डेब्यु छन् । छोरो हिरो भएको फिल्म हेर्न पुगेका मनाङेले छोराको तारिफ गरे । उनले सिद्धार्थको काम मन परेको बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित खबरहरु