रामेछाप गुप्तेश्वर ७ का द्रोणकान्त तामाङको व्यक्तिगत विवरणसहितको कागजात लिई हङकङको आइडी बनाउने डोरना कान्टा तामाङलाई विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो । उनी हङकङ अध्यागमनको विशेष सूचनाका आधारमा पक्राउ परेका हुन् ।
विमानस्थल अध्यामगनले तामाङलाई पक्राउ गरी अध्यागमन विभागको हिरासतमा राखिएको छ भने सँगै आएकी उनकी पत्नी चन्द्रमायालाई छाडिदिएको छ । विमानस्थल अध्यामगन विभागका प्रमुख गोविन्द कार्कीले तामाङलाई पक्राउ गरी अध्यागमन विभाग पठाएको बताए ।
तामाङ नेपाल आउन लागेको थाहा पाएपछि हङकङको विशेष प्रशासकीय अध्यागमन विभागले त्यहाँको नेपाली महावाणिज्य दूतावासमा माघ २६ गते उनलाई पक्राउ गर्न पत्राचार गरेको थियो ।
हङकङ अध्यागमन विभागको पत्रका आधारमा त्यहाँको नेपाली महावाणिज्य दूतावासले तामाङको सबै विवरण नेपालको अध्यागमन विभागलाई पठायो ।
हङकङ अध्यागमनले तामाङ मंगलबार ड्रागन एयरको विमानबाट काठमाडौं आउँदै गरेको सूचना दिएपछि विमानस्थल अध्यागमन विभागले उनलाई पक्राउ गरेको हो । अन्नपूर्णमा समाचार छ ।