lukaku.getty_-430x260

२९ माघ, काठमाडौं । इङलिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको चेल्सीले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

बुधबारराति भएको खेलमा चेल्सीले एभर्टनलाई १–० ले पराजीत गरेको हो । घरेलु मैदान स्टामफोर्डब्रिजमा चेल्सीको जितमा ८९ औं मिनेटमा विलियनले निर्णायक गोल गरे ।

बुधबाररातिका अन्य खेलहरुमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटीले पनि जित दर्ता गरेका छन् ।

म्यान्चेस्टर सिटीले स्टोक सिटीलाई ४–१ ले हरायो । खेलमा म्यान सिटीका लागि सर्जियो अगुएरोले दुई गोल गरेभने जेम्स मिल्नर र सामिर नास्रीले एक एक गोल गरे ।

यसैगरी म्यान्चेस्टर युनाईटेडले बर्नलीलाई ३–१ पराजित ग¥यो । म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन क्रिश स्मलीङले दुई गोल गरे भने रोविन भान पर्सीले एक गोल गरे । बर्नलीका लागि ड्यानी इंग्सले एक गोल फर्काए ।

बुधबाररातिका अन्य खेलहरुमा साउथह्याम्पटन र वेष्ट ह्याम युनाईटेडले गोलरहित तथा न्युकासल युनाईटेड र क्रिष्टल प्यालेसले एक एक गोलको बराबरी खेल्दा वेष्ट ब्रोमले स्वान्सीलाई २–० ले हरायो ।

सम्बन्धित खबरहरु