nepal-japanकाठमाडौं । मुलुक न संकटकालमा छ, न आन्तरिक द्वन्द्व वा चेपुवाको त्यस्तो विघ्न समस्या । तै पनि लाखौ तिरेर जापान पुगी शरणार्थी बन्न आवेदन दिने नेपालीहरु बढ्दैछन् ।

जापानी सञ्चारमाध्यमहरुले जनाएअनुसार सन् २०१४ मा मात्रै १ हजार २९३ जना नेपालीले जापानमा शरणार्थी हैशियतका लागि आवेदन दिएका थिए ।

सन् २००७ देखि नेपालीहरुले यसरी आवेदन दिने प्रवृत्ति बढेको हो । हालसम्म ५ हजार नेपालीले आवेदन दिएकोमा केही शरणार्थी हैसियत पाइसकेका छन् ।

यस्तो प्रवृत्तिका कारण जापानमा नेपालीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुन लागेको टोकियोस्थित नेपाली दुतावासले परराष्ट्र मन्त्रालयलाई औपचारिक रुपले नै जानकारी गराएको छ ।

जापानमा शरणार्थी बन्न आवदेन दिएपछि प्रक्रिया टुंगिन डेढ वर्ष लाग्छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु