namasateकाठमाडौं । हात मिलाउँदा धेरै रोग सर्न सक्ने औल्याउँदै विशेषज्ञहरुले स्वस्थ रहन नमस्ते नै राम्रो हुने सुझाएका छन् ।

चितवन मेडिकल कलेज स्कुुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रिन्सिपल प्राध्यापक डा.मुनीराज क्षेत्रीले भने, ‘हात मिलाउँदा एक जनाबाट अर्कोमा थुप्रै प्रकारका रोग सर्ने सम्भावना हुन्छ ।’

विज्ञहरुका अनुसार सामान्य व्यक्तिले साबुन पानीले आफ्नो हात नधोएसम्म मुखसमेत छुनुहुँदैन । एउटा सामान्य व्यक्तिको हातमा दिनहु थुप्रै प्रकारका रोग उत्पन्न हुन सक्ने भाइरस ब्याक्टेरिया जम्मा हुन्छ ।

‘हाम्रो संस्कृतिमा अभिवादनका लागि नमस्कार गर्ने परम्परा धेरै वैज्ञानिक रहेकाले सम्भावित रोग संक्रमणबाट जोगिन यसलाई पुनः चल्तीमा ल्याउनुपर्छ’ उनले भने ।

हात मिलाउँदा स्वाइनफ्लु, रुघाखोकी, हैजा, झाडापखाला, यौनरोग, इबोला, हेपाटाईटिस ए ई बी सी, लेप्टो स्पाइरोसिसलगायत थुप्रै रोग सर्ने प्रा.डा.क्षेत्रीले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु