nepali senaकाठमाडौं । नेपाली सेनाले ग्राउन्डेड अवस्थाका पुराना हेलिकोप्टर तथा जहाज बेच्ने तयारी गरेको छ । मर्मत र बिमामा बर्षेनी करोडौं रकम खर्चनुपरेपछि उपयोगमा नआएका आठवटा हेलिकोप्टर तथा जहाज सेनाले बेच्न लागेको हो ।

हाल ग्राउन्डेड अवस्थामा रहेका एचएस ७४८ एभ्रो, बिएन २ टी आइल्यान्डर, एसए ३१५ लान्सर, एमआई १७ भी ५, एसए ३१५ ए चिता, एएस ३५० बी ३ इकुरिउल, बिएन २ टी आइल्यान्डर र एएलएच २ बेच्न लागेको हो । ती जहाज बेच्न सेनालाई रक्षा मन्त्रालयले दुई साताअघि नै स्वीकृति दिइसकेको छ ।

सेनाले बिक्री गर्नुपर्ने जहाजको लागतसहित प्राविधिक जाँच भइरहेको जनाएको छ । आजको नयाँ पक्रिका दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु