baloteli२८ माघ, काठमाडौं । मारियो बालोटेलीको गोलको मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले टोटनह्याममाथि ३-२ गोल अन्तरको जित हात पारेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले दुई पटक अग्रता लिएपनि टोटनह्यामले बराबरी गरेको थियो । तर, खेलको अन्त्यतिर बालोटेलीले विजयी गोल गरे ।

खेलमा लिभरपुलले १५ औं मिनेटमा मार्कोभिकको गोलबाट अग्रता लिएको तियो । तर, २६ औं मिनेटमा हृयारी केनले बराबरी गोल फर्काए ।

५३ औं मिनेटमा स्टफेन जेरार्डले पेनाल्टीमार्फत् गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए । तर, ६१ औं मिनेटमा मूसा डेम्बलले बराबरी गोल फर्काए ।

खेलको ८३ औं मिनेटमा बालोटेलीले गोल गर्दै लिभरपुललाई ३-२ को महत्वपूर्ण जित दिलाए । लिभरपुलमा आवद्ध भएपछि प्रिमियर लिगमा बालोटेलीको यो पहिलो गोल हो ।

जितपछि लिभरपुल २५ खेलबाट ४२ अंकका साथ सातौं स्थानमा छ भने टोटनह्याम ४३ अंकका साथ एक स्थानमाथि छ । लिग लिडर चेल्सीको ५९ अंक छ ।

सम्बन्धित खबरहरु