२८ माघ, काठमाडौं । विश्वकप क्रिकेट सुरु हुन अब दुई दिन मात्र बाँकी छ । यो पटक आयोजक मध्येको एक अष्ट्रेलियासहित न्यूजिल्याण्ड र दक्षिण अफ्रिकालाई उपाधिको दावेदार मानिएको छ । तर, क्रिकेटमा केही भर हुँदैन ।
विश्वकपमा कुनै पनि बेला खेललाई आफ्ना पक्षमा पार्न सक्ने क्रिकेटरहरु पनि छन् । उनीहरु मध्ये आठ अलराउण्डर यस्ता छन् ।
१.शाकिब अल हसन, बंगलादेश
वन डे क्रिकेटको अराउन्डर र्याङकिङको पहिलो स्थानमा रहेका हसन बंगलादेशका सबैभन्दा सफल क्रिकेटर हुन् । वन डे क्रिकेटमा ६ शतक बनाइसकेका उनको यो तेस्रो विश्वकप हुनेछ ।
आक्रामक ब्याटिङ गर्ने उनी बगंलादेशका भरपर्दा ‘मिडिल अर्डर’ ब्याट्म्यान हुन् । उनले वन डे क्रिकेटमा १८२ विकेट पनि लिइसकेका छन् ।
२.मोइन अली, इंग्ल्याण्ड
करिअरको सुरुवातमा स्पेसलिस्ट ब्याट्म्यानका रुपमा चिनिएका मोइन पछिल्लो समय निकै प्रभावकारी अल राउन्डरका रुपमा स्थापित भएका छन् । ओपनिङमा मोइन इयान बेलसँगको जोडी निकै सफल देखिएको छ । उनी सुरुवातमै आक्रामक बन्ने गर्छन् । उनले अहिलेसम्म वन डे क्रिकेटमा एक शतक बनाएका छन् भने १७ वन डेमा १७ विकेट लिएका छन् ।
३.साहिद अफ्रिदी, पाकिस्तान
विश्व क्रिकेटको इतिहासमा एक पछि अर्को कीर्तिमान बनाइरहेका अफ्रिदी अर्को कोशेढुङ्गाको नजिक छन् । ३९१ वन डे म्याचमा ३९३ विकेट लिइसकेका उनी यो विश्वकपमा ४०० विकेट लिने बलरको लिस्टमा आफ्नो नाम लेखाउने बाटोमा छन् ।
११० किमिको स्पीडमा बलिङ गर्ने कमै मात्र लेगब्रेकर मध्ये उनी एक हुन् । बिष्फोटक ब्याटिङ गर्ने उनी पछिल्लो समय निकै राम्रो फर्ममा छन् ।
४.जेम्स फल्कनर, अष्ट्रेलिया
सन् २०१३ मा वन डे टीममा डेब्यू गरेयता उनी अष्टे्रलियाको वन डे टीमका निकै महत्वपूर्ण सदस्य बनेका छन् । लो अर्डरमा ब्याटिङ गर्ने उनी कुनै पनि बेला खेललाई आफ्नो पक्षमा पार्न सक्छन् ।
बलिङ र ब्याटिङ दुबैमा आफूलाई साबित गरेका जेम्स आक्रामक ब्याटिङ र डेथ ओभरमा बलिङका लागि राम्रा मानिन्छन् ।
५.एन्जेलो म्याथुज, श्रीलंका
श्रीलंकाका कप्तान म्याथुज पछिल्लो समय ब्याटिङ र बलिङ दुबैमा जमेका छन् । वन डे क्रिकेटमा उनको सबैभन्दा राम्रो प्रदर्शन १३९ हो । १२५ इनिङमा उनले ३५ सय बढी रन बनाएका छन् । बलिङमा भने उनले ९१ विकेट लिएका छन् ।
६. ग्लेन म्याक्सवेल, अष्ट्रेलिया
२०१५ को वल्र्डकपमा म्याकसवेललाई अष्टे्रलियाको एक्स-फ्याक्टरका रुपमा हेरिएको छ । म्याक्सवेल निकै आक्रामक ब्याटिङ गर्न सक्षम खेलाडि हुन् ।
उनको वन डे मा ११५ को भन्दा बढीको स्ट्राइक रेट छ । बलिङमा पनि उनी पछिल्लो समय प्रभावकारी देखिएका छन् । उनले ४१ वन डे क्रिकेटमा २८ विकट लिइसकेका छन् ।
७.डरेन सामी, वेष्टइण्डिज
उनी जहाँ जान्छन्, त्यहाँ क्राउडलाई इन्टरटेन गर्छन् । वेस्ट इन्डिजको टीमका विग हिटर मध्यका एक हुन् उनी । बलिङमा भन्दा पनि ब्याटिङमा उनी राम्रा मानिन्छन् । उनले कुनै पनि बेला नतिजालाई उल्टाउन सक्छन् । डरेनले वन डे क्रिकेटमा ८० विकेट लिइसकेका छन् ।
८.सेन वाट्सन, अष्ट्रेलिया
पछिल्लो समयमा सेन वाट्सन फर्ममा छैनन् । तर, तेस्रो नम्बरमा ब्याटिङ गर्ने उनी कभर ड्राइभ र स्लग स्विप निकै राम्रो खेल्छन् । बलिङमा पनि निकै अनुभवी मानिन्छन् । उनले वन डे क्रिकेटमा ९ शतक बनाइसकेका छन् । बलिङ तर्फ उनले १६४ विकेट लिइसकेका छन् ।
उनले ओपनिङदेखि ९ नम्बरसम्म ब्याटिङ गरेका छन्, त्यसैले पनि अष्ट्रेलिया टीमका लागि उनी महत्वपूर्ण हुनेछन् ।