newzealand vs south africa२८ माघ, काठमाडौं । ट्रेन्ट बोल्टले ५ विकेट लिएपछि विश्वकप क्रिकेटको अभ्यास खेलमा न्यूजिल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध १३४ रनको फराकिलो जित हात पारेको छ ।

३३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४४.२ ओभरमा १९७ रन जोड्दा अलआउट भयो ।  उसका लागि जेन पल डुमिनीले ८० र भर्नन फिलान्डरले ५६ रन बनाए भने एबी डिभिलियर्स मात्र २४ रनमा आउट भए ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा बोल्टले ९.२ ओभरमा ५१ रन दिएर ५ विकेट लिए । डानियल भिट्टोरी र मिचेलले समान २-२ विकेट हात पारे ।

यसअघि पहिले व्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३३१ रन बनायो ।  उसका लागि काने विलियमसनले ६६ रन बनाए । ५३ बलको सामना गरेका उनले नौ चौका हाने । ब्रेन्डन म्याकुलले ४५ बलमा सात चौंका र एक छक्काको मदतमा ५९ रन बनाए । रोस टेलरले ४४ रन जोडे ।

दक्षिण अफ्रिकाका भर्नन फिलान्डर, काइल एबोट र वेन पार्नेलले समान २-२ विकेट लिए ।

 

जिम्बावेसँग हार्‍यो श्रीलंकाzimbawe vs srilanka

बुधबार भएको अर्को अभ्यास खेलमा जिम्बोवेले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ ।

श्रीलंकाले प्रस्तुत गरेको २८० रनको लक्ष्य जिम्बोवेले हृयामिल्टन मासाकाड्जाको शतकको मदतमा ४५.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

हृयामिल्टनले ११९ बलमा ८ चौका र तीन छक्काको मदतमा अविजित ११७ रन बनाए । ब्रेन्डन टेलरले ६३ रन बनाए भने सेन विलियम्सले अविजित ५१ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २७९ रन बनायो । उसका दिमुथ करुणारत्नेले ५८ र जीवन मेण्डिसले ५१ रन बनाए । जिम्बावेका सेन विलियम्सले ३ विकेट लिए ।

सम्बन्धित खबरहरु