२८ माघ, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा मनाङले बलियो प्रतिद्वन्द्वी आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।पोखरा रंगशालामा भएको खेलमा आर्मीले आठौं मिनेटमा नै अग्रता लिएपनि दोस्रो हाफमा जोगाउन सकेन । आर्मीका लागि राजिव गुरुङले गोल गरेका थिए ।
खेलको ५५ औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । दीपक राईको पासमा अनिङ गुरुङले बराबरी गोल गरे । खेलको ८४ औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो गोल गरे । उनले शिव श्रेष्ठको पासमा गोल गरेका हुन् ।
खेलको अन्तिम मिनेटमा शिवको प्रहार बारमा लागेर फर्किँदा मनाङका समर्थक चुकचुकाए ।