Daniel+Alves+Barcelona+v+Villarreal+CF+Copa२९ माघ, काठमाडौं । बार्सिलोनाले कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा भिल्लारियललाई पराजित गरेको छ ।

लगातार १० खेलमा जित हात पार्ने क्रममा बार्सिलोनाले भिलरियललाई ३–१ ले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले सुरुवाटै दबाव कायम गरेको थियो ।

तर, अग्रता लिन भने ४१ मिनेटसम्म कुर्नु परेको थियो । ४१ औं मिनेटमा लुइस स्वरेजको पासमा लिओनल मेस्सीले गोल गरे ।

दोस्रो हाफको सुरुमा नै भिल्लारियलले बराबरी गोल फर्कायो । तर, त्यसको एक मिनेटपछि नै आन्द्रे इनिष्टा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

६४ औं मिनेटमा मेस्सीको पासमा जेरार्ड पिकेले गोल गर्दै अग्रता ३–१ मा पुर्याए ।

खेलको ७१ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो तर, नेयमारको प्रहार भिल्लारियलको गोलरक्षकले रोकेपछि पहिलो लेगमा बार्सिलानाले तीन गोलको अग्रता लिने मौका गुमायो ।

सम्बन्धित खबरहरु