Michael-Clarke२८ माघ, काठमाडौं । विश्वकप क्रिकेटको अभ्यास खेलमा अष्ट्रेलियाले यूएईलाई १८८ रनले पराजित गरेको छ । अर्को खेलमा पाकिस्तानले इंग्ल्याण्डमाथि ४ विकेटको जित हात पारेको छ ।

मेलबर्नमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३०४ रन बनायो । उसका लागि ओपनर माइकल क्लार्कले ६४ रन बनाए । भारतसँगको सेरिजका क्रममा घाइते भएका क्लार्कको यो कमब्याक खेल थियो ।

एरोन फिन्चले ६१, स्टिभ स्मिथले ५९, जर्ज बेलीले ४६ रन बनाए भने सेन वाट्सन ३४ रनमा आउट भए ।  यूएईका कृष्णा चन्द्रन र नासिर अजिजले समान ३-३ विकेट लिएका छन् ।

जवाफमा मैदान उत्रिएको यूएई ३०.१ ओभरमा ११६ रनमै अल आउट भयो । उसका लागि स्वप्निल पटेलले सर्वाधिक ३१ रन बनाए ।

अष्ट्रेलियाका जोश हृयाजलउड, पेट कोमिन्स र जेभियर होडर्टीले समान २-२ विकेट लिए ।

इंग्ल्याण्ड पाकिस्तानसँग पराजितPakistan-vs-England

सिड्नीमा इंग्ल्याण्डले प्रस्तुत गरेको २५० रनको लक्ष्य पाकिस्तानले ७ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो ।

खराव सुरुवात गरेको उसको वारी मध्य क्रमका ब्याट्सम्यानले सम्होलेका थिए । पाँचौं विकेटका लागि मिसबाह उल हक र उमर अकमलले १३३ रनको साझेदारी गरे ।

मिसबाहले अविजित ९१ रन बनाए । ९९ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का हाने । उमर अकमलले ६५ रन बनाए । इंग्ल्याण्डका जेम्स एण्डरसन र स्टुआर्ड ब्रोडले समान २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ८ विकेट गुमाएर २५० रन बनाएको थियो । उसका लागि जोए रुटले ८५ र ग्यारी बालेन्सले ५७ रन बनाए । क्रिस जोर्डन ३१ रनमा अविजित रहे ।

पाकिस्तानका यासिर शाहले ३ विकेट लिए भने सोहिल खानले २ विकेट लिएका छन् ।

सम्बन्धित खबरहरु