sapathgrahaan

जनबोली काठमाडौं २९ माघ । संवैधानिक परिषदको बैठक आज बस्दैछ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री सुशील कोइरालाले साँझ ५ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् । लोकसेवा आयोगमा पाँच पदाधिकारी हुनुपर्नेमा हाल दुई पद रिक्त छन् । अध्यक्ष कयोदेवी यमी, सदस्यद्वय टिकादत्त निरौला र राजेन्द्र प्रसाद साहको पदावधि पनि फागुन ४ गते सकिँदै छ ।

परिषदको सिफारिस, संसदीय सुनुवाई लगायतका प्रक्रिया पूरा गर्दा नियुक्ति हुन कम्तिमा १५ दिन लाग्दछ । तर, दलीय भागबण्डाको विवादले परिषदले पदाधिकारी सिफारिस गर्न ढिलाइ गरेको छ ।

लोकसेवा आयोग पदाधिकारी विहीन भए कर्मचारीको नयाँ नियुक्ति, सरुवा बढुवा लगायतका प्रक्रिया अबरुद्ध हुनेछ ।

सम्बन्धित खबरहरु