DAL-KA-NETA-1024x510

जनबोली/ २९ माघ, काठमाडौ । दलहरु सम्वादहिन अवस्थामा रहेको बेला दलका दोस्रो तहका नेताहरुबाट छलफल चलिरहेको खुल्न आएको छ । वार्ताको ढोका बन्द गरेर आन्दोलन र प्रक्रियामा लागेका प्रमुख राजनीतिक दलहरूबीच भित्री रुपमा छलफलमा छन् ।

एमाओवादीबाट अध्यक्ष प्रचण्डको दुतका रुपमा महासचिव कृष्णबहादुर महराले वार्ता गरिरहेका छन् । कांग्रेसबाट नरहरी आचार्यले मध्यस्थता गरिरहेका छन् । एमाओवादीका दोस्रो तहका नेताहरूसँग अनौपचारिक छलफल थालेको र केहीदिनमा पहिलो तहका नेतासँग वार्ता गर्ने सरकारी स्रोतको दावी छ ।

कानुनमन्त्री नरहरी आचार्यले छलफल भइरहेका र धेरै कुरा भन्न नमिल्ने बताए । , एमाओवादीको यो प्रस्तावका विषयमा कांग्रेस सकारात्मक भए पनि एमालेका शीर्ष नेताहरूले संघीयताको विषयमा लचक हुने अवस्था नरहेको बताएका थिए।
कांग्रेस नेताहरूले सीमाका सम्बन्धमा देखिएको विवाद औपचारिक वार्तामा बसेर टुंगो लगाउन सकिने आश्वासन दिएको छ ।

सत्तारूढ दलले सहमतिको प्रयास स्वरूप नै संविधानसभामा आज पेस हुने ‘प्रस्ताव निर्माण समितिु को प्रतिवेदनलाई केही दिन स्थगित गरेर वार्ताको प्रयास गरिने बताएका छन्।

संविधानसभा सचिवालय स्रोतका अनुसार बिहीबारदेखि संविधानसभाको बैठक दस दिनका लागि स्थगित गरिनेछ। दस दिनभित्र अनौपचारिक वार्तालाई औपचारिकता प्रदान गरेर सकेसम्म विवादित विषयमा सहमतिका लागि प्रयास गरिने स्रोतको भनाइ छ। त्यतिञ्जेलमा पनि सहमति नभए प्रश्नावलीलाई कार्यान्वयनमा लैजाने तयारी संविधानसभा सचिवालयको छ।

विवादित विषय र टुटेको वार्ता प्रक्रिया फेरि थाल्न कांग्रेस, एमाले र एमाओवादीका दोस्रो तहका नेताहरूबीच पटक–पटक अनौपचारिक कुराकानी भएको छ। बुधबार दिउँसो पनि कांग्रेस उपसभापति पौडेल र मन्त्री आचार्यले एमाओवादीका महासचिव महरासँग संविधानसभा सचिवालयमा गोप्य छलफल गरेका थिए।

सम्बन्धित खबरहरु