himalayan distilleryहालैका दिनहरुमा शेयरको मूल्य बढाएर धितोपत्र बजारमा किनबेच भईरहेको हिमालयन डिष्टीलरीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा पनि साढे दुई करोड घाटा खाएको छ ।

डिष्टीलरीले दोस्रो त्रैमासमा १० करोड ८० लाख नाफा आर्जन गरेकोमा पाँच करोड १६ लाख रुपैयाँ प्रशासनिक खर्च र ४ करोड ८० लाख बिक्री, वितरण खर्च भई ८३ लाख ३४ हजार बांकी रहेको थियो । त्यसमा ह्रास १८ लाख ८२ हजार र अन्य खर्चहरु कटाउँदा दुई करोड ४५ लाख खुद घाटा भएको बित्तीय बिबरणमा देखाईएको छ ।

कम्पनी गत बर्षको दोस्रो त्रैमासमा दुई करोड ५६ लाख र यस आर्थिक बर्षको पहिलो त्रैमासमा पाँच करोड ३५ लाख खुद घाटामा गएको देखाईएको थियो । कम्पनी लगातार घाटामा रहेपछि शेयर मूल्य भने माथि उचालेर ७०० रुपैयाँ भन्दा माथि कारोबार भईरहनु रहस्यमय मानिएको छ । कम्पनीले विभिन्न ब्राण्डका मदिराहरु उत्पादन गर्दै आएको छ ।

सम्बन्धित खबरहरु