निर्जिवन बीमा क्षेत्रको सगरमाथा ईन्स्योरेन्सले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अबघिमा खुद नाफा चार प्रतिशतले मात्र खुद नाफा गर्न सकेको छ । गत बर्षको दोस्रो त्रैमासमा कम्पनीले सात करोड ३१ लख रुपैयाँ खुद नाफा गरेकोमा यस बर्षको सोही वधिसम्ममा सात करोड ५८ लाख मात्र पुगेको छ ।
एकीकृत आय ब्यय हिसाव तर्फ गत आर्थिक बर्षको दोस्रो त्रैमासमा १० करोड २६ लाख रुपैयाँ नाफा नोक्सान हिसावमा सारेकोमा यस बर्षको सोही अवधिमा १० करोड ४४ लाख सारेको छ ।
३१ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २५ करोड ७४ लाख र बीमा कोषमा २६ करोड छ । ईन्स्योरेन्सको प्रति शेयर आम्दानी २४.४७ रुपैयाँ छ ।