Diprox bankडिप्रोक्स लघुवित्त बिकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा खुद नाफा ५९.५ प्रतिशतले बढाएर ६ करोड ७० लाख रुपैयाँ पुर्याएको छ । बैंकले ब्याज आम्दानी ४४ प्रतिशत र संचालन नाफा ५९ प्रतिशतले बढाएर खुद नाफामा पनि बढोत्तरी गरेको हो ।

 १७ करोड चुक्ता पूँजी रहेको बैंकको जोखिम जगेडा कोषमा १६ करोड छ । बैंकको निस्क्रिय कर्जा अनुपात ०.४७ बाट ०.३६ मा झारेको छ । बैंकको प्रति शेयर आम्दानी ३९ रुपैयाँ पुगेको छ ।

सम्बन्धित खबरहरु