सकारात्मक भएर नेप्से बन्द, शेयर मूल्य बढ्नेमा बिकास बैंक अगाडि

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २९ माघ, २०७१

नेपाल स्टक एक्सचेन्जमा बुधबार भएको शेयर कारोबारमा झिनो अंकले नेप्से सकारात्मक भएर ९८१ मा बन्द भएको छ । शेयर मूल्य बढ्ने कम्पनीहरुमा बिकास बैंक र फाईनान्स कम्पनीहरु रहे । त्यसैगरी कारोबार बढी हुने कम्पनीहरुमा फस्ट माईक्रो फाईनान्स, प्रभु र नेपाल लाईफ देखिए । समूहगत रुपमा हेर्ने हो भने जलविद्युत र अन्य बाहेक सबै उपसमूहहरु बढेका छन् ।

Nepse 2015 2 11बुधबार २२ करोड भन्दा बढीको शेयर किनबेच भएको छ, जुन अघिल्लो दिनकै हाराहारीमा हो । समग्र रुपमा दिनभरिको कारोबार प्रबृत्ति भने सुस्त नै रह्यो । बुधबार बित्तीय बिबरण प्रकाशित गरेका कम्पनीहरु डिप्रोक्स लघुवित्त, साना किसान बिकास बैंक, सगरमाथा ईन्स्योरेन्स, सिद्दार्थ ईन्स्योरेन्सलगायतका कम्पनीहरुको शेयर मूल्य खासै धेरै तलमाथि भएन् ।

सम्बन्धित खबरहरु