राष्ट्रिय बाणिज्य बैंकले कसरी गर्यो तीन अर्ब ६० करोड खुद नाफा ?

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २९ माघ, २०७१

rastriya-banijya-bankसरकार नियन्त्रित राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा तीन अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरी बैंकिङ क्षेत्रमा तरङ्ग सिर्जना गरेको छ ।

निस्क्रिय कर्जाले थलिएर हालैका बर्षहरुमा सुधारिदै आएको बैंकले यति धेरै रकम ब्याज आम्दानी र संचालन मुनाफा बढेको कारणले मात्रै कमाएको भने हैन् । बैंकले सबैलाई चकित पार्ने गरी खुद नाफा ४०२ प्रतिशतले बढाउनुको रहस्य अर्कै छ ।

राष्ट्रिय बाणिज्य बैंकले नेपाल ईन्भेष्टमेन्ट बैंकमा आफ्नो नाममा रहेको ५७ लाख कित्ता संस्थापक शेयर बिक्रीबाट आम्दानी गरी सबैलाई चकित पार्ने खुद नाफा देखाएको हो । बैंकले शेयर बेचेर भएको आम्दानीलाई नियमित क्रिलाकलापबाट भएको आम्दानीमा देखाएको छ । यस शीर्षकमा बैंकले चार अर्ब १९ करोड ५२ लाख आम्दानी देखाएको छ । बैंकले नेपाल ईन्भेष्टमेन्ट बैंकको शेयर न्युनतम चार सय रुपैयाँमा लिलाम गरेको थियो ।

बैंकले ब्याज आम्दानी र संचालन आम्दानी पनि उल्लेखनीय रुपमा बढाएको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा ब्याज आम्दानी ११ प्रतिशतले बढाएर एक अर्ब ७२ करोडबाट एक अर्ब ९३ करोड पुर्याएको छ भने संचालन आम्दानी ३८ प्रतिशतले बढाएर ४४ करोडबाट ६१ करोड नघाएको छ ।

बैंकले शुल्क, कमिशन, अन्य संचालन कृयाकलाप र विदेशी मुद्राको कारोबारबाट पनि नाफा बढाएको छ । त्यसैगरी निक्षेप र कर्जा परिचालनमा पनि बैंकले राम्रै प्रगति गरेको छ । सरकारी खाताका रकमहरु सस्तोमा परिचालन गर्न पाउने भएकाले बाणिज्य बैंकलाई निक्षेप संकलनमा निकै अनुकलता छ ।

बैंकले निस्क्रिय कर्जा अनुपातलाई ४. २४ बाट ३.७४ मा झारेको छ । आठ अर्ब ५८ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष दुई अर्ब ६० करोडले ऋणात्मक छ । बैंकले शेयर बिक्रीबाट प्राप्त भएको खुद नाफालाई प्रयोग गरी पूँजी कोष १० प्रतिशत नघाएको छ । बाणिज्य बैंकले आफुलाई स्वस्थ पारी सर्वसाधारणमा तीस प्रतिशत शेयर जारी गर्न प्रक्रिया पनि बढाएको छ ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७