Suntali dhurmus२९ माघ, काठमाडौं । सरकारले हाँस्य कलाकारद्वय कुन्जना घिमिरे (सुन्तली) र सिताराम कट्टेल (धुर्मुस)लाई सरसफाइ दूत नियुक्त गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले सन् २०१७ भित्र नेपाललाई पूर्ण सरसफाइयुक्त देश घोषणा गर्ने लक्ष्य घिमिरे र कट्टेललाई सदभावना दूत नियुक्त गर्ने निर्णय गरेको हो ।

बाग्लुङ क्षेत्रनम्बर १ को उपनिर्वाचन चैत २८ गते गर्ने निर्णय पनि भएको छ । बाग्लुङका सभासद हरिबहादुर खड्काको निधन भएपछि सो क्षेत्रमा सभासद पद रिक्त छ ।

गत मंसिर १७ गते जिप दुर्घटनामा घाइते भएका सभासद खड्काको मंसिर २१ गते काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो ।

सम्बन्धित खबरहरु