प्रचण्डको प्रस्तावमा संविधान सभा बैठक अनिश्चित समयलाई स्थगित, ओलीले राखे प्रचण्डको जमानीमा नागरिक अगुवा

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २९ माघ, २०७१

prachanda-babu1
जनबोली/२९ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव अनुशार मिति नतोकी संविधानसभा बैठक स्थगित गरिएको छ ।

स्रोतका अनुशार मिति नतोकी संविधान सभाको बैठक स्थगित गरेरमा ३ दिनभित्रै वार्तामा बस्ने बचन दिएपछि दलहरुको आग्रहमा संविधानसभा बैठक १० दिनको साटो अर्को सूचना नभएसम्मलाई स्थगित गरिएको खुलासा भएको छ ।
यसअघि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दलहरुलाई सहमतिका लागि १० दिनको मौका दिने गरी संविधानसभा बैठकको मिति १० दिनपछि तोक्ने तयारी गरेका थिए ।
दलहरुलाई वार्तामा ल्याउन जुटेका नागरिक अभियानका अगुवाहरुसँग प्रचण्डले संविधानसभा बैठक १० वा १५ दिन केही पनि नभनी स्थगित गरिएमा वार्तामा बस्न सक्ने बताएका थिए ।

उनले यही कुरा एमाले अध्यक्ष केपी ओलीलाई पनि नागरिक अगुवाकै अगाडिबाट फोन गरेर बताएका थिए ।

‘भित्रीरुपमा १० दिनभन्दा बढी नपर्खने सहमति भए पनि वार्ताको वातावरण बनाउन बैठकको दिन नतोकिएको हो’ स्रोतले भन्यो ।

प्रचण्डलाई भेटेलगत्तै नागरिक अगुवाहरुले प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए ।

kp-oli-in

कोइराला र ओली दुबैजनाले प्रचण्डको भर नभएको भन्दै वार्तामा आउँछन् भने १० दिन पर्खने वचन आफूहरुलाई दिएको भेटमा सहभागी एक अभियन्ताले बताए ।

‘प्रचण्डजीले बैठकको मिति नतोकी संविधानसभा स्थगित गर्ने हो भने तीन दिनमै सहमति हुन्छ भनेको कुरा हामीले सुनायौं’ उनले भने ‘ओलीले यी सबै हावा कुरा हुन्, तैपनि हामी १० दिन पर्खिन्छौं भनेकाले सानो आशा पलाएको छ’ ।

ओलीले नागरिक अगुवाहरुसँग एमाओवादी मोर्चाले कति दिन, कति महिना वा कति वर्ष माग्न खोजेको हो, त्यो प्रष्ट रुपमा आउनुपर्ने बताएका थिए ।

‘दश दिन त हामी स्थगित गर्छांै तर उहाँहरुको भर छैन, तपाईहरु जमानी बस्न सक्नुहुन्छ ? ओलीको प्रश्न थियो । ओलीले १० दिनमा पनि वार्तामा नआए त्यसपछि आफूहरु संविधान मस्यौदामा अघि बढ्ने बताएका थिए ।

कोइराला, ओली, प्रचण्ड र नेम्वाङसँग नागरिक अभियन्ताको भेटपछि सबैको समझदारीमै संविधानसभा बैठक मिति नतोकी स्थगित गरिएको स्रोतले जनाएको छ ।

यो अभियानमा भोजराज पोखरेल, डा. सुन्दरमणि दीक्षित, सुबोध प्याकुरेल, प्राध्यापक वीरेन्द्र मिश्र, बिजयकान्त कर्ण, चरण प्रसाईं लगायत सहभागी थिए ।

‘हामीलाई ओलीले प्रचण्डको जमानी राखेका छन्’ टोलीमा सहभागी एक अगुवाले भने ‘भोलि प्रचण्डबाट धोखा भयो भने हामीले जनतालाई यथार्थ जानकारी गराउछौं भनेका छौं’ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७