imagesजनबोली/काठमाडौं, २९ माघ । सरकारले बाग्लुङको क्षेत्र नम्बर–१ का सभासदको निधन भएपछि रिक्त रहेको स्थानमा आगामी चैत्र २८ गते संविधानसभाको उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको विहीबार बसेको बैठकले गत मंसिर १७ गते सवारी दुर्घटनामा परी ज्यान गुमाएका कांग्रेस सभासद हरिबहादुर खड्गाको स्थानमा पुनः चुनाव गराउने निर्णय गरेको हो । बाग्लुङको पैयुँटारमा आयोजित एक कार्यक्रममा सहभागी हुनेक्रममा जाँदैगर्दा भएको जिप दुर्घटनामा सभासद खड्गाको ज्यान गएको थियो । यस्तै, सरकारले राष्ट्रिय प्रसारण पावर ग्रीड लिमिटेड स्थापनाका लागि आवश्यक पर्ने पूँजी  स्वीकृत गरेको सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

यसैगरी, सरकारले घोषणा गरेको ‘सन् २०१७ सम्मको सरसफाइ गुरुयोजनाका लागि कलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीलाई सद्भाव दूत घोषणा गरेको छ ।

सम्बन्धित खबरहरु