308926_269247669761564_100000289989713_1054555_1079384354_nनीता राउत, दोलखा । दोलखा जिल्लाको उत्तरतर्फ ३ हजार ८ सय ४२ मिटरको उचाईमा रहेको दोलखाको प्रसिद्ध कालिञ्चोक क्षेत्रमा पछिल्लो समय पर्यटकीय गन्तव्यको केन्द्रविन्दु बन्दै गएको छ ।

सदरमुकाम चरिकोटबाट १७ किलोमिटरको दुरीको कालिञ्चोक स्थित कुरी सम्म कच्ची सडक पुगेर यातयातको साधन चल्न थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङख्यामा वृद्धि भएको हो ।

सामान्य दिनमा दैनिक सयभन्दा वढी पर्यटकहरु त्यस क्षेत्रमा पुग्ने गरेका छन भने विशेष पर्व विदा, शुक्रबार र शनिबार कालिञ्चोकमा एक हजार भन्दा बढी पर्यटकहरु पुग्ने गरेका छन । कालिञ्चोक भगवतीको दर्शन पनि गर्न पाईने र हिउ खेल्नको लागी नै कालिञ्चोक आएको काठमाण्डौ चावेहलका वसन्त पाख्रिन बताउछन्।

उनले यस ठाउ सोचेको भन्दा पनि राम्रो र सबै जना एक पटक आउनै पर्ने ठाउ समेत रहेको बताउदै फेरी पनि समय मिलाएर आउने बताएका छन् । मन्दिर रहेको स्थानबाट गौरीशंकर सहितको हिमश्रृखलाको दृश्यावलोकन गर्न,नजिकैबाट सुर्योदयको अवलोकन गर्न र हिउ खेल्नको लागी सबैभन्दा बढी युवायुवतीहरु यस क्षेत्रमा आउन थालेका छन ।

काठमाण्डौ बैद्धकी मिङमा शेर्पा पनि हिउ खेल्नकै लागी कालिञ्चोक आएको बताउछिन् । समय धेरै नभएको कारण एक दिन मात्र बसेर फर्कने बताउदै अब समय मिलाएर अरु साथिहरुलाई पनि लिएर २,३ दिन बस्ने गरी आउने बताउछिन् ।

यसरी त्याहा पुग्ने जो सुकै पनि त्याहाको प्राकृतिक सौन्दर्यले लठठ हुने गर्दछन् र अनि आफना नातेदार तथा छिमेकीलाई यस ठाउमा एकपटक भएपनि पुयाउन आतुर हुन्छन् । कुरी बजारबाट कालिञ्चोक भगवती मन्दिर पुग्न झण्डै १ घण्टा उकालो चढनु पर्ने स्थानीयको भनाई छ ।

सडक यातयात सञ्चालन भएपछि त्यस क्षेत्रमा ३० वटा सुविधायुक्त होटल खुलेको र कहिले काही मान्छेको चापले व्यवस्थापन गर्न कठिनाई हुने गरेको होटल व्यवसायीहरु बताउछन ।

३ हजार ८ सय ४२ मिटरको उचाईको मन्दिर दर्शन गर्न मुलुकका विभिन्न भागबाट दैनिक सयौ व्यक्तिहरु आउने गरेको स्थानीय व्यापारीहरुको भनाई छ ।

यातयातका साधन चल्न थालेपछि चरिकोटबाट बोलेरो रिजर्भ गरेर आउने मोटर साइकल र निजी गाडी लिएर आउनेको चाप बढेको हो तर सडकको राम्रो व्यवस्थापन हुन नसक्दा दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमिटरको दुरीमा पुग्न सकिने कालिञ्चोक क्षेत्रमा सडक कच्ची भएका कारण कालिञ्चोकको कुरीसम्म पिच सडक निर्माण गर्ने सरकारी योजना रहेको भएपनि कहिलेसम्म पिच गरिसक्ने भन्ने योजना भने बाहिर आउन सकेको छैन ।

पवित्र धार्मिक स्थल कालिञ्चोकमा हिउद वर्षा दुवै मौसममा यातयात सञ्चालन गर्न डेन निर्माण, सोलि र सडक ग्राभेलिङकको काम भइरहेको सडक डिभिजन कार्यलय दोलखाले जनाएको छ ।

कालिञ्चोक मन्दिरमा दर्शन गयो भने मागेको कुरा पुरा हुने, रोग व्याधी नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्ति वृद्धि हुने जनविश्वास रहेको छ ।

सम्बन्धित खबरहरु