muderबागलुङ । श्रीमतीको हत्या आरोपमा यहाँका एक युवकलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।

सिगाना ३ की २७ वर्षीय तुलसी खड्काको हत्यामा उनकै श्रीमान् अर्जुन भनिने दुर्गाबहादुर खड्कालाई अदालतले यस्तो फैसला सुनाएको हो ।

घटनामा युवतीको प्रेमी बनेर हत्यामा सघाउने म्याग्दी ताकम २ का मनबहादुर थापालाई १० वर्ष जेल सजाय दिइएको छ । अघिल्लो वर्षको भदौ पहिलो साता खड्काको हत्या भएको थियो ।

हत्यालाई आत्महत्या बनाउने परिवारले प्रयास गरेपछि मृतकका माईती र छिमेकीले एक महिनासम्म जिल्ला प्रहरी कार्यलय र अदालतमा समेत हत्या नै भएको भन्दै कडा कारबाहीको माग गरेर धर्ना, जुलुस गरेपछि प्रहरीले अनुसन्धान गरेर हत्या आरोपमा मुद्दा चलाएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु