काठमाडौं । संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि प्रमुख दलहरु फेरि वार्तामा जुट्ने संकेत देखिएको छ ।
११ माघमा संविधानसभाले प्रश्नावली समिति गठन गरेपछि आन्दोलनमा गएको एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले संवादका लागि संविधानसभामा जारी प्रक्रिया स्थगित हुनुपर्ने सर्त राख्दै आएको थियो ।
बिहीबार संविधानसभामा प्रश्नावली टेबुल भएपछि दुवै पक्षका नेताहरुको परामर्शमै सभाध्यक्ष सुवास नेम्वाङले अर्को सूचना जारी नगरेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
बैठक स्थगित भएको अवधिमा सहमतिका लागि संवाद गर्न दुवै पक्ष अनौपचारिक रुपमा तयार देखिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।