काठमाडौं । शिक्षा ऐन संशोधनमा ढिलाइ हुँदा सामुदायिक विद्यालयका सात हजार शिक्षकको स्थायी पदपूर्ति प्रक्रिया रोकिएको छ ।

शिक्षक सेवा आयोगले ७५ वटै जिल्लाका सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दीको तथ्यांक संकलन गरेपनि शिक्षा ऐन संशोधन नहुँदा खुला प्रतिस्पर्धाका लागि प्रक्रिया अघि बढाउन नसकिएको हो ।

आयोगका अध्यक्ष उदयराज सोतीले भने, ‘७५ जिल्लाबाट प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तह गरेर ६ हजार सात सय दरबन्दी रिक्त रहेको तथ्यांक संकलन गरेका छौं । तर ती दरबन्दीमा खुला प्रतिस्पर्धाबाट शिक्षक भर्ना गर्न मन्त्रालयबाट सहमति नआउँदा आवेदन खुलाउन सकेका छैनौं ।’

आयोगले गत वर्ष विद्यालय तहका १३ हजार शिक्षकको खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गरेको थियो ।

लामो समयदेखि अस्थायी रुपमा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने भन्ने अस्थायी शिक्षकका माग सम्बोधन गरेर एकैपटक खुला प्रतिस्पर्धा गर्ने तयारीमा मन्त्रालय लागेको हुनाले नयाँ आवेदन रोकिएको हो । अन्नपूर्ण पोष्टमा समाचार छ

सम्बन्धित खबरहरु