imagesजनबोली/१ फागुन, काठमाडौ । आज ५ औ विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

त्यसयता हरेक वर्ष रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ ।

रेडियोहरुलाई एउटा माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरुबीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोहरुलाई सूचनाको पहुँचलाई बढावा दिनका लागि प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ । नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६३ वर्ष पुगेको छ ।

वि.सं. २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल चैत्र २० गतेदेखि नेपाल रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

२०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका ७४ जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।

सम्बन्धित खबरहरु