mohan-baidya
जनबोली १ फागुन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले शुक्रबारदेखि मेची–महाकाली अभियान सुरु गरेको छ ।

संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिक सभाको माग गर्दै माओवादीले सुरु गरेको अभियान चैत २४ गतेसम्म चल्ने छ । अभियानको क्रममा संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार लगायतका कार्यक्रम हुनेछन् ।

काठमाडौंको बसन्तपुरमा दिउँसो १ बजे बाट अभियान उदघाटन भएको थियो । कार्यक्रम अध्यक्ष मोहन वैद्यले जनयुद्धको उपलब्धिलाई संस्थागत गर्नका लागि अभियानको थालनी गरिएको जानकारी दिएका थिए । २० औं जनयुद्ध दिवसको अवसर पारेर सुरु गरिएको अभियानका लागि नेताहरुलाई देशभर खटाइएको छ ।

उपाध्यक्ष सीपी गजुरेल कैलालीमा, महासचिव रामबहादुर थापा बुटवलमा, सचिव देव गुरुङ इटहरीमा र प्रवक्ता पम्फा भुसालले काभ्रेको बनेपामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने माओवादीले जनाएको छ ।

सम्बन्धित खबरहरु