जनबोली/१ फागुन, एजेन्सी । क्रिकेटको महाकुम्भ मेला विश्वकप क्रिकेटको औपचारिक खेलहरु आगामी शनिबारदेखि सुरु हुने भएपनि औपचारिक उद्घाटन भने गएराति भएको छ।

न्युजिल्यान्डको क्राइस्टचर्च र अष्ट्रेलियाको मेलबर्नमा दुई भव्य समारोहकाबीच विश्वकप क्रिकेटको पछिल्लो संस्करण सुरु भएको हो।

उद्घाटन समारोहमा विश्वकपमा सहभागी देशका टोलीको परेडसँगै विश्वका विभिन्न खेल र खेल क्षेत्रका सेलिब्रेटीहरुको उपस्थिति थियो।

प्रतियोगिताको औपचारिक सुरूआतसँगै पहिलो खेल शनिबार बिहान नेपाली समयअनुसार पौने ४ बजे आयोजक न्युजिल्यान्डसँग एसियाली राष्ट्र श्रीलंका भिड्नेछ।

यस्तै शनिबार नै अष्ट्रेलियामा हुने खेलमा दोस्रो खेलमा सहआयोजक टोली अष्ट्रेलिया र इंग्ल्यान्ड एक आपसमा प्रतस्पर्धा गर्नेछन्।

१४ टोली सहभागी विश्वकपमा टेस्ट खेल्ने १० टोलीसँग टेस्ट नखेल्ने थप ४ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

दुई समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष चार टोली अन्तिम १६ मा पुग्नेछन्।

प्रतियोगिताको समूह ‘ए’ मा दुई आयोजक राष्ट्र अष्ट्रेलिया र न्युजिल्यान्डसँगै इंग्ल्यान्ड, श्रीलंका, बंगलादेश, अफगानिस्तान र स्कटल्यान्ड छन्।

यसैगरी, समूह ‘बी’मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बाबे, युएई र आयरल्यान्ड छन्।

सम्बन्धित खबरहरु