नेपाल स्टक एक्सचेन्जमा साताको अन्तिम दिनको शेयर कारोबारमा साढे तीन अंकले नेप्से बढ्नुका साथै कारोबार रकम झण्डै ३६ करोड पुगेको छ । संविधानसभाले प्रश्नावली पारित गरेपछि दलहरुबीच वार्ता र छलफलको संभावना पनि बढेपछि शेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको हो । संविधानसभा बैठक सहमतिका लागि भन्दै अनिश्चितकालका लागि स्थगित गरिएपछि दलहरुवीच सम्बाद सुरु हुने संभावना बढेको छ ।
बिहीबार एलायन्स ईन्स्योरेन्सको साढे चार करोडको शेयर किनबेच भएको छ भने साधारणसभाको संघारमा उभिएको एलआईसी नेपालको पनि उल्लेखनीय रुपमा कारोबार भएको छ । बिहीबार सिन्धुसहित नौ वटा विकास बैंक र लघुवित्तहरुको शेयर मूल्य झण्डै दश प्रतिशतले बढे । हकप्रद शेयरका लागि शेयरधनी दर्ता किताव बन्द भएको फस्ट माईक्रो फाईनान्सको मूल्य पष्नि झण्डै १० प्रतिशतले बढेर ७३३ रुपैयाँमा कारोबार बन्द भएको छ । बिहीबार बित्तीय बिबरण प्रकाशित गरेका नयाँ नेपाल लघुवित्त लगायतका कम्पनीहरुको शेयर मूल्य प्रभावित भएको छ ।